तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न सरकार प्रतिबद्ध : मन्त्री कार्की 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि सम्बन्धी मेला क्यान इन्फोटेको २७औँ श्रङ्खला आजबाट काठमाडौँ भृकुटीमण्डपमा सुरु भएको छ ।

नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मेलाको उद्घाटन गर्नुहुँदै पर्यटन क्षेत्रले जस्तै सञ्चार तथा सूचना प्रविधि (आइसिटी) क्षेत्रलाई पनि मुलुकमा विदेशी मुद्राको आर्जन गर्ने क्षेत्रको रुपमा विकास गर्नु आवश्यक भएको बताउनुभयो ।

उहाँले देशमा सञ्चार तथा सूचना प्रविधिको विकासका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

मुलुकको सूचना तथा सञ्चार प्रविधिको विकासमा निजी क्षेत्रले उल्लेखनीय योगदान पुर्‍याएको भन्नुहुँदै उहाँले सरकारले यस क्षेत्रको विकासका लागि विभिन्न नीतिगत तथा प्रक्रियागत सुधारको प्रयास अघि बढाएको बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले मुलुकको विकासलाई महत्त्वपूर्ण योगदान गरेको क्षेत्र भएकोले आफूले आचारसंहिताका बीच निर्वाचन आयोगसँग अनुमति लिएर कार्यक्रममा सहभागी भएको पनि बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 20220420_125342-1024x576.jpg

कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासङ्घले आइएमई-पेको मुख्य प्रायोजनमा भएको मेला वैशाख १२ गतेसम्म चल्ने छ । ६ दिनसम्म चल्ने मेलामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उपकरण र प्रविधिहरूका १ सय २७ वटा स्टलहरू रहेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button