तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता साझेदार दलहरूको बैठक: छलफल सहमति नजिक

काठमाडौँ । आगामी स्थानीय निर्वाचनमा तालमेलको विषयमा छलफल गर्न बसेको सत्ता साझेदार दलहरूको बैठक निष्कर्ष नजिक पुगेको छ।

file photo

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै छलफल सकारात्मक रूपले अघि बढेको र निष्कर्ष नजिक पुगेको जानकारी दिनुभयो ।

‘समग्रमा ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको विषयमा छलफल गरेका छौँ’, मन्त्री कार्कीले भन्नुभयो, ‘हामी अन्तिम रूप दिन सकारात्मक छौँ।’

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत शीर्ष नेता सहभागी हुनुहुन्थ्यो।

बैठक साँढे ९ बजे फेरि बस्ने र सहमति हुन बाँकी विषयमा छलफल हुने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button