करेन्ट लागेर १८ वर्षीय किशोरको मृत्यु
बागलुङ । बागलुङमा करेन्ट लागेर १८ वर्षीय किशोरको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–३ गुठीमा स्थानीय शिवबहादुर सहानीको निर्माणाधीन घरमा सटरको काम गर्ने क्रममा करेन्ट लागेर धनुषा घर भई मालढुङ्गा बस्दै आएका १८ वर्षीय सुनिल आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
करेन्ट लागेर घाइते भएका आलेलाई तत्काल धौलागिरि अस्पतालमा पुर्याइए पनि तत्काल अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्