तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनबिच सहमति

भोजपुर । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि भोजपुरमा क्रियाशील सत्ता गठबन्धनका दलहरूबिच सहमति भएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष आशकुमार राईको अध्यक्षतामा बसेको गठबन्धन दलको बैठकले जिल्लाका २ नगरपालिका र ७ गाउँपालिका गरी ९ स्थानीय तहमा कुन कुन पार्टीका उम्मेदवार बनाउने भन्ने विषय टुङ्गोमा पुर्‍याएको हो ।

सहमति अनुसार नेपाली काँग्रेसले भोजपुर र षडानन्द नगरपालिकामा प्रमुख, टेम्केमैयुङ, साल्पासिलिछो र हतुवागढी गाउँपालिकामा अध्यक्ष पाएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले पौवादुङमा गाउँपालिका र रामप्रसाद राई गाउँपालिका अध्यक्ष पाएको छ ।

जिल्ला समन्वय समिति भोजपुर प्रमुख जनता समाजवादी पार्टी र उपप्रमुख माओवादी केन्द्रले पाएको छ ।

आमचोक र अरुण गाउँपालिकामा भने सहमति कायम गर्दै दलहरूले आ–आफ्नो पार्टीबाट उम्मेदवार उठाउने भएका छन् ।

दलहरूबिच स्थानीय तहका जम्मा ८१ वडामध्ये कुन कुन वडामा गठबन्धन गर्ने भन्ने विषयमा छलफल जारी रहेको नेपाली काँग्रेसका जिल्ला सभापति विनोद बान्तवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button