तपाईँ सुन्दै हुनुहुन्छः

गरिब वर्गले चुनावमा प्रतिस्पर्धा गर्न सक्दैन: अध्यक्ष यादव

file photo

गोरखा । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले नेपालको चुनाव महँगो हुँदै गएकोले किसान, मजदुर, गरिब वर्गले आर्थिक अभावमा चुनावमा प्रतिस्पर्धा गर्न नसक्ने  बताउनुभएको छ । 

संसदीय व्यवस्था प्रणालीका कारण चुनाव महँगो हुन थालेको उहाँको भनाइ छ ।  जनता समाजवादी पार्टी गोरखाले आज सदरमुकाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अबको निर्वाचन प्रणाली उम्मेदवारले खर्च गर्नु नपर्ने समावेशी चरित्रको समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने उहाँको भनाइ छ ।

अहिलेको संविधान अधुरो, अपूरो र त्रुटिपूर्ण रहेकाले यसलाई संशोधन गर्नुपर्ने  र यो व्यवस्था दिगो नरहने उहाँले बताउनुभयो ।  शासकीय स्वरूप, संसदीय प्रणाली, निर्वाचन प्रणाली र न्याय प्रणाली परिवर्तन गर्नुपर्छ उहाँले भन्नुभयो । कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, जसपा नेता अशोक कुमार राई लगायतले मन्तव्य राख्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button