कञ्चनपुरका १ लाख ५ हजार बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाए

कञ्चनपुर । कञ्चनपुरमा एक लाख ५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका नौ वटै पालिकाका एक लाख ५ हजार बालिकालाई खोप लगाइएको छ । गत चैत्र २५ गतेबाट जिल्लामा खोप लगाउन सुरु गरिएकोमा दोस्रो साता सम्म केही बालबालिका मात्रै छुटेका स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ती जनक कुँवरले बताउनु भएको छ ।
उहाँका अनुसार वैशाख १० गते सम्म जिल्लामा झण्डै १ लाख ६२ हजार बालबालिकालाई खोप लगाइसकिने छ । सरकारले १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई निःशुल्क टाइफाइडविरुद्धको खोप लगाउँदै आएको हो । कञ्चनपुरमा ५ सय ५४ विद्यालयमा खोप लगाइदैछ ।
विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालबालिकाको हकमा भने सम्बन्धित पालिकामा रहेका स्वास्थ्य केन्द्रमार्फत खोप दिइँदै छ । करिब २९ हजार ३ सय बालबालिका विद्यालय बाहिर रहेको स्वास्थ्य कार्यालयको आङ्कलन छ ।








प्रतिक्रिया राख्नुहोस्