तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनको बैठक मङ्गलवार पुनः बस्ने

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठक मङ्गलवार पुनः बस्ने गरी सम्पन्न भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तयारी, चुनावी तालमेल लगायतका विषयमा गठबन्धनमा आबद्ध दलहरू सहमति नजिक पुगेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।

मन्त्री कार्कीका अनुसार भोलि बिहान साँढे ११ बजे बस्ने बैठकले सहमतिलाई अन्तिम रूप दिनेछ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी लगायत सत्ता साझेदार दलका शीर्ष नेताहरू उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button