दुई बालक कर्णालीमा बेपत्ता
अछाम । कर्णाली नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् ।

अछामको पन्चदेवल विनायक नगरपालिका–८ घाटखेत बस्ने राम प्रसाद जैसीका ११ वर्षीय छोरा बिराज जैसी र गोपाल जैसीका ६ वर्षीय छोरा अभिषेक जैसी कर्णालीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले जानकारी दिनुभयो ।
बालकहरू बेपत्ता भएको खबर पाउनासाथ अस्थायी प्रहरी पोस्ट बारलाबाट प्रहरी टोली परिचालन गरिएको छ । प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्