सूर्य नेपाल च्यालेन्ज गल्फ भोलिबाट सुरु हुने
काठमाडौँ । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल च्यालेन्ज गल्फ भोलि मङ्गलवारबाट सुरु हुने भएको छ ।
रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने ४ दिने प्रतियोगिता ७२ होलको हुनेछ । प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन् । जसमा ३६ प्रोफेसनल र २० एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । यस्तै बेलायतमा खेल्दै आएका ७ जना खेलाडीले समेत प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा साबिक विजेता सुवास तामाङसँगै भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, राम थापा लगायतका खेलाडीले सहभागिता जनाउने छन् । बेलायतबाट महेन्द्र फगामी, झमक लिम्बु, भक्त शेरचन, देव राना, विष्णु थापा, राजु तामाङ र गजेन्द्र गुरुङ सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले १ लाख प्राप्त गर्दा उपविजेताले ६५ हजार पाउने छन् । तेस्रोले ४६ हजार प्राप्त गर्दा शीर्ष २१ मा रहने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।








प्रतिक्रिया राख्नुहोस्