मेयरको उम्मेदवार बन्न दर्जन काँग्रेसी नेता दौडमा

मुगु । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै मुगु जिल्लाको एक मात्र नगरपालिकाको मेयरको उम्मेदवार बन्न काँग्रेसबाट दर्जन नेताले आकाङ्क्षा देखाएका छन् ।
नगरप्रमुखको उम्मेदवार बन्नका लागी दाबी गर्नेहरूमा वर्तमान बहालवाल जनप्रतिनिधि, निजामती, कर्मचारी, पार्टीका विभिन्न पदमा रहेका नेता कार्यकर्ता देखि काँग्रेसमा आस्थावान् समाजसेवी, सामाजिक अभियन्ता समेत रहेका छन् ।
मुगु जिल्लामा रहेका चार वटा स्थानीय तहहरू मध्य २०७४ सालमा भएको पहिलो स्थानीय तह निर्वाचनमा एक नगपालिका सहित २ गाउँपालिका प्रमुख काँग्रेसका उम्मेदवारहरूले जितेका थिए ।
विगतमा काँग्रेसले जितेको, केन्द्रमा काँग्रेस कै नेतृत्वमा सरकार भएको, सशक्त विपक्ष पार्टी एमाले टुक्रिएको र यही बेला काँग्रेस, माओवादी, एकिकृत समाजवादी,बिच गठबन्धन भएकाले करिब करिब गठबन्धनका उम्मेदवार जित्ने सम्भावना प्रबल देखिएकाले छायाँनाथ रारा नगरपालिकाको नगरप्रमुखको उम्मेदवारमा दाबी गर्नेहरूको सङ्ख्या बढेको सहजै अनुमान गर्न सकिन्छ ।
जब की २०७४ को निर्वाचनमा नगरप्रमुखको उम्मेदवार बन्न काँग्रेसबाट ३ जना मात्र आकांंक्षी थिए । त्यो बेला मुगुमा एमाले सशक्त प्रतिस्पर्धी थियो ।
हाल बहालवाला नगरप्रमुख हरिजंग शाही दोस्रो पटक नगरप्रमुखको उम्मेदवार बन्न आफु इच्छुक रहेको बताउनु हुन्छ उहाँ भन्नुहुन्छ असहज परिस्थितिमा म नगरप्रमुख भएको हु । नगरसभामा बहुमत नहुँदा सधैँ अवरोधका बीच काम गर्नु पर्यो । मलाई मार्न अज्ञात समूहले निवासमै बम हाने, सबै नगरसभामा विपक्षहरूले सभाहलमा ताला लगाउने, सभामा खुर्सानी छर्ने, कुर्ची भाँच्ने सम्म हर्कत गरे यतीसम्मकी एमालेबाट निर्वाचित प्रदेश सांसद दानसिंग परियार समेत नगरसभामा ढुङ्गा हान्न र अवरोध गर्न आए । त्यसैले मैले गरेका विकासका काम सबै पुरा भएका छैनन्, अहिले सहज वातावरणमा दर्जनाै उम्मेदवार हुनु भन्दा पुन मलाई नै नगरप्रमुखको उम्मेदवार बनाएर अधुरा रहेका विकासका मेरा काम अघि बढाउन पाटीले सहयोग गरोस् भन्ने म पाटीलाई आग्रह गर्दछु ।
काँग्रेस महासमिति सदस्य तथा महिला नेतृ सूर्यदेवी मल्ल, नेपाली काँग्रेस मुगु निवर्तमान उपसभापति तथा जनआन्दोलन २ का घाइते नेता खगेन्द्र बहादुर मल्ल, काँग्रेस प्रदेश क उपसभापति सिंह बहादुर मल्ल, महासमिति प्रतिनिधि ऐन बहादुर हमाल,जय बहादुर हितान र मुगु काँग्रेस पाटी सचिव लोकेन्द्र बहादुर मल्लले पनि नगरप्रमुखको उम्मेदवार बन्न बलियो दाबी गरिरहनु भएको छ ।
यस्तै नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय समितिका उपाध्यक्ष कृष्ण बहादुर सेजुवालले पनि नगरप्रमुखको उम्मेदवारका लागी नगर समितिमा आफ्नो दाबी पेश गर्नु भएको छ । उहाँ भन्नुहुन्छ नगरपालिका चलाउनु भनेको विगतमा गाविस,जिविस चलाए जस्तो छैन यो तिन तहका सरकारहरू मध्यको एक सरकार हो । सरकार चलाउनु चानचुने कुरा छैन त्यसमा पनि नगरपालिका, नगरपालिका चलाउनु प्रशासनिक,प्राविधिक,लेखा,कानुन,सुरक्षा सम्बन्धी ज्ञान भएको हुनुपर्छ त्यो सबै हेर्दा आफु काँग्रेसबाट उपयुक्त उम्मेदवार भएको ठान्छु ।
मुगु जिल्लाका विकट बस्तीहरू सहकारी मार्फत पुगी वित्तीय साक्षरताका साथै गरिब,निमुखा जनतालाई आर्थिक अधिकार र पहुँचमा पुर्याउन सफल सहकारी अभियन्ता भुपेन्द्र बहादुर मल्ल आफु पनि काँग्रेसबाट नगरप्रमुखको उम्मेदवार बन्ने दौडमा रहेको बताउनु हुन्छ । नगरक्षेत्र भित्रका ८० प्रतिशत युवा आफ्नो साथमा रहेको दाबी गर्ने मल्ल पाटीले आफूलाई उम्मेदवार बनाएर नगरवासीलाई वित्तीय सक्षम बनाउन कृषि, पशुपालन, जटिवुटी,फलफूल खेती र व्यापारमा जोड दिने, वित्तीय अनुशासन कायम गर्ने योजनाका साथै कार्यक्षमता भएको बताउनु हुन्छ ।
महासमिति प्रतिनिधि एवं पूर्व पाटी उपसभापति पदम रावल, नेपाल निजामती कर्मचारी युनियन मुगुका वर्तमान अध्यक्ष पशुपति शाहीले पनि नगरप्रमुखमा उम्मेदवार बन्न दाबी गर्नु भएको छ ।
उम्मेदवार बन्न दाबी पेश गर्नेहरूको नामावली सूची, उनीहरूको अवस्था र सम्भावना बारे उल्लेख गरेर काँग्रेसको विधानले दिएको अधिकार क्षेत्र भित्र रहेर प्रदेश समितिमा सिफारिस पेश गर्ने नेपाली काँग्रेस छायाँनाथ रारा नगरपालिका कार्य समितिका सचिव अङ्क बहादुर बुढा बताउनु हुन्छ ।
काँग्रेस मुगु सभापति ऐन बहादुर शाही विशाल,पुरानो पाटीमा नेतृत्वका लागी आकाङ्क्षी बढ्नु स्वाभाविकै भएको छ सबै सक्षम व्यक्ति भएकाले सक्षम मध्यबाट एक जना उम्मेदवार हुने भएकाले पाटीले नगरपालिका चलाउन सक्ने, पार्टीको साख बढाउने, सर्वमान्य नेतृत्व, जनताले सुचाएको, काँग्रेसमा विगत देखि वर्तमानसम्म खटिएको सबै हेरेर कणाली प्रदेशमा समितिमा सिफारिस गरिने बताउनु हुन्छ ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था तथा लोकतन्त्र प्रति आस्थावान् पत्रकारहरूको छाता सङ्गठन नेपाल प्रेस युनियन मुगुका अध्यक्ष विनोद कुमार मल्ल पाटीले निश्चित मापदण्ड बनाएर उम्मेदवार छनौट गर्नुपर्ने सुझाव दिनुहुन्छ । पार्टीमा क्रियाशीलता, पाटी, भातृ सङ्गठन, शुभेच्छुक संस्थामा रहेर पाटीको हित हुने काम गरेको, पाटीलाई आर्थिक, भौतिक, सामाजिक रुपमा सहयोग गरेको, प्रशासनिक, प्राविधिक, कानुन र लेखा सम्बन्धी ज्ञान भएको, पार्टीबाट विगतमा उम्मेदवार भई लाभको पद नलिएको, विपक्षसँग तर्क सङ्गत यथार्थ बहस गर्न सक्ने क्षमता भएको, निडर, स्पष्ट स्वभाव भएको, विगतका विभिन्न चुनावमा काँग्रेसलाई जिताउन लागी परेको, विपक्ष उम्मेदवारसँग साँठगाँठ नगरेको,चन्दा नदिएको हुनुपर्ने र विभिन्न आन्दोलनमा सक्रिय सहभागी भएका जस्ता विषय मापदण्डमा समेट्नु पर्ने पनि अध्यक्ष मल्ल भन्नुहुन्छ ।
यस्तै नगरपालिकाको उपप्रमुखको उम्मेदवार बन्न ४ जना महिला नेतृले दाबी गर्नु भएको छ । दाबी गर्नेहरूमा जिल्ला कार्य समितिकी सदस्य ऐश्वर्या मल्ल,खुम्यानी विक, रमाइली रावल र ईश्वरमती रावल रहेको पनि नगर समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्