तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहको निर्वाचनमा उच्च तहमा महिलालाई उम्मेदवार बनाउन माग 

लहान । सिरहाका महिला अगुवा तथा मानव अधिकारकर्मीहरूले आगामी स्थानीय तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितताका लागि जिल्लाका राजनीतिक दलका प्रमुखसँग छुट्टाछुट्टै रुपमा छलफल गरेका छन् ।

शीर्ष पार्टीका नेताहरूसँग छलफल गर्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, नगर प्रमुखमा महिलाको स्थान सुरक्षित हुनुपर्ने माग गरेका थिए ।

सिरहा स्थित मानव अधिकार सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, ओरेक, मानवअधिकार एलाइन्स लगायतका आधी दर्जन भन्दा बढी संस्थाका प्रतिनिधिहरूले जिल्लाका शीर्ष नेताहरू नेकपा एमालेका प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठ, नेपाली काँग्रेसका सिरहा सभापति रामचन्द्र यादव, नेकपा माओवादीका जगत राय, नेकपा एकीकृत समाजवादी पार्टी, मधेस प्रदेशका कानुन मन्त्री प्रमोद यादव,  जसपाका जिल्ला अध्यक्ष अशोक यादव लगायत सँग औपचारिक रुपमा छलफल गरेको हो ।

जवाफमा नेताहरूले महिलाको नेतृत्व विकास र सशक्तीकरणका लागि आफूहरूको पार्टी जहिले पनि महिला उम्मेदवारको पक्षमा रहेको र उच्च तहमा महिला उम्मेदवारलाई अगाडि सार्ने प्रतिबद्धता गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button