बालुवाटारमा गठबन्धन बैठक जारी : सिट बाँडफाँट टुंग्याइने

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे नौ बजेदेखि बैठक बसेको हो ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे आज टुंगो लगाइने संभावना छ ।
आजको बैठकले मुलतः ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँट गर्ने तयारी छ ।








प्रतिक्रिया राख्नुहोस्