घरको शिलान्यास गर्दा पुरिएर मृत्यु

पाँचथर । पाँचथरको सदरमुकाम फिदिम नगरपालिका वडा नं १ बजारमा घरको शिलान्यास गर्ने क्रममा माथिपटीको सेप्टी ट्याङ्कीसहितको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ८ बजे स्थानीय मदन पंथाकले घडेरी खारेर घर बनाउने क्रममा पूजा गर्दै गर्दा पहिरो झरेर छिमेकी ६८ वर्षीय गोपाल ढुङगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

छिमेकी लेखनाथ खतिवडाको घरको सेप्टी ट्याङ्की खसेर घर शिलान्यास र पूजा गर्दै गरेका ढुङ्गानालाई पुरै पुरेपछि स्थानीय, प्रहरी नेपाली सेनाले उद्धार गरेको थियो । उनको बिहान ९ं बजे खाल्डोबाट स्काभेटरले निकालेको थियो भने शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ । पहिरोले अन्य दुई जनासमेत सामान्य घाइते भएका छन् ।
उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । छिमेकीको घर च्यापेर चर खन्दा सो घटना भएको स्थानीयको भनाइ छ ।









प्रतिक्रिया राख्नुहोस्