जबरजस्ती करणी गर्ने एक पक्राउ
पाल्पा । पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गए राती करिब साढे १२ बजेको समयमा रिब्दीकोट गाउँपालिका ४ भैरबस्थानका २७ वर्षीय संजय सुनारले रिब्दीकोट गाउँपालिका ४ स्थित भैरवनाथ मन्दिर नजिकै तानसेन बस्ने ७० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
करणी आरोप लागेका सुनारलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्