खोलामा डुबेको अवस्थामा बालकको शव फेला
पाल्पा । पाल्पामा एक जना बालकको शव खोलामा डुबेको अवस्थामा फेला परेको छ । जिल्लाको बगनासकाली गाउँपालिका–८, घिमिरे डाँडाका ८ वर्षका शशी घिमिरेको शव घर नजिकैको खोलामा भेटिएको हो ।
गत चैत ३० गतेदेखि हराएका घिमिरेको शव खोजतलास गर्ने क्रममा शनिबार दिउँसो घर नजिकैको खोल्साको पानीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घरदेखि १५ सय मिटरमा रहेको खोल्साको पानीमा डुबेको अवस्थामा बालकलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्