तपाईँ सुन्दै हुनुहुन्छः

वैवाहिक समारोहको नाचगानमा करेन्ट लाग्दा १ को मृत्यु, ७ घाइते

रौतहट । रौतहटमा शनिवार राती करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन । दुर्गाभगवती गाउँपालिका–१ निवासी नरेश राउतको छोरीको विवाहको मटकोरमा सामूहिक गीत गाउने क्रममा माइकबाट करेन्ट लागेर उनकै ३० वर्षीय बहिनी सम्घरिया देवीको मृत्यु भएको छ ।

उपचारार्थ यमुनामाई गाउँपालिका स्थित सुकदेवचोकमा रहेको शिबदर्शन अस्पतालमा भर्ना गरेकोमा उनको सोही अस्पतालमा मृत्यु भएको हो ।

करेन्ट लागेर घाईते हुनेमा दुर्गा भगवती गाउँपालिका–१ पिपरा निवासी ३५ वर्षीया सिता देवी राउत, वडा नम्बर २ निवासी ३५ वर्षीया अनिता देवी राउत, वडा नम्बर ३ निवासी ६५ वर्षीया मन्तोरिया देवी, वडा नम्बर ४ निवासी ७० वर्षीया मुनी राउत, ६५ वर्षीया केबला देवी, ५५ वर्षीया सुशीला देवी, वडा नम्बर ७ निवासी ७५ वर्षीया हिरिया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button