थप ४४ जना सङ्क्रमणमुक्त, सक्रिय संक्रमित ४००
काठमाडौँ । आज ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको कूल सङ्ख्या ९ लाख ६६ हजार ३ सय ३ पुगेको छ ।

गत २४ घण्टामा आर टी पी सी आर र एन्टीजेन गरी कूल ४ हजार ४३ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा संक्रमित कसैको मृत्यु भएको छैन ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४०० रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्