तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा आगलागी हुँदा १२ घर र ४ गोठ जलेर नष्ट

नेपालगन्ज । बाँकेको राप्तीसोनारीमा आगलागी हुँदा १२ घर र ४ गोठ जलेर नष्ट भएका छन् ।

राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरमा आगलागीबाट ११ घर र ४ गोठ तथा वडा नम्बर २ कै हरिहरपुरमा एउटा घर जलेर नष्ट भएको बाँके प्रहरीले जनाएको छ ।

सिताराम जैसीको घरबाट दिउँसो १ बजे सुरु भएको आगो साँझ ५ बजे मात्र नियन्त्रणमा आएको थियो ।

नेपालगन्ज र कोहलपुरबाट गएका दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button