तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो २ बजे बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button