तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीमा परी एक बालकको मृत्यु

सप्तरी । सप्तरीको अमरैंया टोलको एक घरमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ ।

आज दिउँसो जिल्लाको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आगलागीमा परी स्थानीय शत्रुधन यादवको आठ वर्षीय छोरा शैलेश कुमार यादवको मृत्यु भएको हो ।

फुसको गोठ हुँदै पक्की घरमा आगो सल्किएको र नियन्त्रणमा ढिलाइ भएकोले घरभित्र रहेका बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगलागीमा यादवसहित छिमेकीहरू ओम यादव र मिन्टु यादवको एक–एक वटा घर जलेको स्थानीयले बताएका छन् ।

आगलागीबाट लाखौँको धनमालको क्षति भएको प्रहरीले अनुमान गरेको छ । के कारणले आगलागी भयो भन्ने कुराको अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button