तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका सक्रिय संक्रमित ५ सयभन्दा कम, १४ जना संक्रमित थपिए

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम पुगेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर ४ सय ३८ सक्रिय संक्रमित रहेका छन् । 

आज देशभर  थप १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ३ हजार ९ सय ३ नमुनाको परीक्षण गर्दा १४ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ५५ जना सङ्क्रमणमुक्त भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button