भैरवनाथ मन्दिरको जीर्णोद्धार कार्य सकियो

पाल्पा । पाल्पाको प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको पाल्पा भैरवनाथ मन्दिरको जीर्णोद्धार कार्य सकिएको छ ।
रिब्दीकोट गाउँपालिका वडा न ४ भैरव स्थानमा रहेको भैरवनाथ मन्दिर मन्दिरको जीर्णोद्धार काम सम्पन्न भए पश्चात् देवी माईको नयाँ मूर्तिको प्राण प्रतिष्ठासहित विशेष क्षमा पूजा गरिएको छ ।
यही चैत २८ देखि ३० गतेसम्म देवी माईको नयाँ मूर्ति प्रतिष्ठा तथा विशेष पूजा आराधना गरिएको र वैशाख १ गतेबाट नयाँ वर्षको अवसरमा देवी माईको मूर्ति स्थापना गरिएको भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले बताउनुभयो ।
क्षमा पूजा गरी पञ्चेबाजा बजाई पञ्चबलीसहित विशेष पूजा आराधना गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । भैरव स्थान मन्दिर यस क्षेत्रमा प्रख्यात रहेको छ ।
मन्दिरमा पूजा गर्नका लागि नेपालका धेरै जिल्लाहरू तथा भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् ।
मन्दिर पुरानो भएकोले हाल मन्दिरको जिर्णाेद्वारको कार्य गरिएको हो । भैरव स्थान मन्दिरलाई एसियाकै सबैभन्दा ठुलो त्रिशूल रहेको मन्दिरको रुपमा चिन्ने गरिन्छ । मन्दिरमा विशेष गरी काल भैरव,माईको पूजा आराधना गर्ने गरिन्छ ।







प्रतिक्रिया राख्नुहोस्