माओवादी बैठक : निर्वाचनको तयारीबारे छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको तयारीको अवस्था र पार्टीले लिने रणनीतिका विषयमा छलफल गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पूर्व स्थायी समितिका उपलब्ध सदस्यहरु र प्रदेश इन्चार्जहरू सहितको विस्तारित बैठकमा सो विषयमा छलफल भएको हो ।
बैठकमा सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले नेताहरूलाई पार्टीभित्र सबैलाई एकताबद्ध बनाएर परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन निर्देशन दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्