सिकारको लागि थापिएको भरुवा बन्दुक पड्किएर युवकको मृत्यु

बारा । बारामा सिकारको लागि थापिएको भरुवा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ ।
दुधौरा खोलाको सिरु घारीमा सिकारीले जङ्गली जनवारको सिकारको लागि थापेको भरुवा बन्दुकको धरापमा पर्न जाँदा भरुवा बन्दुक पड्किएर युवकको मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ डकाहा टोल बस्ने बर्ष २८ को सागर सिंजाली मगर रहेका छन् । गएराती साढे ११ बजे दुधौरा खोलामा माछा मारी मगर आफ्नो घर फर्किरहेका समयमा बन्दुक पड्किएर गम्भीर घाइते भएका थिए । उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।
दुर्घटना स्थलबाट १ थान भरुवा बन्दुक बरामद भएपनि बन्दुक कसको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्