तपाईँ सुन्दै हुनुहुन्छः

विदेशी सहयोगदाताद्वारा विद्यालय निरीक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नंं ३२ राजाका चौतारामा रहेको ब्रह्मरुपा माध्यमिक विद्यालयमा मङ्गलवार जर्मनी नागरिक  मार्क ओभर ल्याक र उहाँको प्रोजेक्टद्वारा विद्यालय निरीक्षण गरेको छ । 

जर्मन नागरिक ओभर ल्याक र उहाँको परिवारले विक्रम संवत् २०७२ सालमा २ तले ८ कोठे भवन निर्माण गरी  यस विद्यालयको कक्षा १ देखि १० कक्षासम्मका गरिब तथा जेहेन्दार पिछडा वर्गलाई छात्रवृत्ति एव भौतिक एवं शैक्षिक सुधारका  आर्थिक सहयोग गर्दै आइरहेको छ । 

साथै जुइरजेन उइन्टरले विद्यालयको भवन र २०७२ सालमा गएको भुकम्पदेखि सोही विद्यालयमा अध्ययनरत छात्र छात्राको लागि पुन निर्माणमा आकस्मिक बजेट र घर निर्माण समेत गरेका थिए  । 

सरकारले मात्र हैन विदेशी विकास साझेदारले समेत सामाजिक क्षेत्रमध्ये सरकारी विद्यालयको शिक्षालाई नै प्राथमिकता दिँदै सहयोग गर्दै आइरहेका छन् । सामाजिक क्षेत्रमध्ये शिक्षामा सबैभन्दा बढी विदेशी विकास साझेदारको चासो रहेको छ ।

जर्मनी नागरिक  ओभर ल्याक र उहाँको परिवारको परिकल्पनामा कोष खडा गरी विदेशी विकास साझेदारले गरेको सहयोगमध्ये सबैभन्दा बढी कास्की जिल्लामा मात्र  १० वटा परियोजना मार्फत  प्रत्यक्षरुपमा विद्यालयलाई सघाइरहेको प्रोजेक्टका संयोजक स.प्राध्यापक डा. कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

गत वर्ष कोभिडको कारण थला परेको शैक्षिक सुधारलाई समेत समेट्दै  वैदेशिक सहयोगमा यो वर्ष पनि शिक्षा सुधार आयोजना, भवन मर्मत साभार विद्यालयको भौतिक एवं शैक्षिक सुधार अभिवृद्धि परियोजना, सीप विकास परियोजना निरन्तर रुपमा सञ्चालन हुने मार्क ओभरले बताउनुभयो । विद्यालयको तर्फबाट प्रधानाध्यापक जनार्दन सुवेदीले सहयोगका लागि धन्यवाद दिँदै विद्यालयको भविष्यप्रति विदेशीले देखाएको चासो र गरेको सहयोग अतुलनीय रहेको उल्लेख गर्नुभयो । उहाँले  आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै जर्मनी नागरिक  मार्क ओभर ल्याक र उनको प्रोजेक्टद्वारा गरेको निरीक्षणको खुलेर प्रशंसा गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button