तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

भोजपुर । भोजपुरमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ५ कावा खोलामा मङ्गलबार राती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । 

बासिखोरातर्फ इँटा लिएर जाँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार रामप्रसाद राई गाउँपालिका वडा नम्वर ७ का २० वर्षीय जेवी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

रातको अन्दाजी १० बजे  दुर्घटनामा परेको ट्याक्टर सडकबाट दुई सय मिटर तल झरेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको हो । दुर्घटना पछि फरार बनेका ट्याक्टर चालकको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button