ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
बारा । बारामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा जीतपुरका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ बस्ने ६० वर्षीय कन्हैया बहादुर क्षेत्री रहेका छन् ।
वीरगञ्ज–पथलैया सडक खण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित सिपर्दी ट्रेडिङ नजिकै ना ५ ख ७५०७ नम्बरको ट्रकले प्रदेश २–०३–०१४ प.१३६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्