मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु

भक्तपुर । भक्तपुरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने बालिकाका आमाबुबा घाइते भएका छन् । अरनिको राजमार्ग अन्तरगत नलिन्चोकमा बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिका लोसाङ डोल्मा तामाङको ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ ।
साँगाबाट जगातीतर्फ आउँदै गर्दा दुर्घटनामा घाइते भएका बालिकाका बाबु मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका–१ का २२ वर्षका बुद्ध तामाङ र मोटरसाइकलको पछाडि बस्ने बुद्धकी श्रीमती सुस्मिताको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि डिस्चार्ज गरिएको छ ।
गम्भीर घाइते बालिका लोसाङको उपचारका क्रममा न्युरो अस्पताल काठमाडौँमा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्