तपाईँ सुन्दै हुनुहुन्छः

दुई जलविद्युत कम्पनीलाई आइपिओ निष्कासनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई वटा जलविद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक सेयर (आइपिओ) निष्कासन गर्न अनुमति दिएको छ ।

सेबोनले बिन्धाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत् कम्पनीलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डले बिन्धाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई गत चैत २५ गते र दोर्दी खोला जलविद्युतलाई चैत २८ गते स्वीकृति दिएको जनाएको छ ।

बोर्डले बिन्धाबासिनी हाइड्रोपावरलाई २५ करोड रुपैयाँको २५ लाख कित्ता आइपिओ र दोर्दी खोला जलविद्युत कम्पनीलाई २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता आइपिओ निष्कासन गर्न स्वीकृति दिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button