‘सेवा र सुविधा सहज पहुँचको माध्यमबाट विकास गर्ने लक्ष्य’
रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले जनतालाई प्रदान गर्ने सेवा र सुविधा सहज पहुँचको माध्यमबाट नेपालले विकास गर्ने लक्ष्य लिएको बताउनुभएको छ ।

रौतहटको माधवनारायण नगरपालिका–३ जयनगरमा निर्माण भएको स्वर्गीय गजेन्द्रनारायण हस्पिटलको शुभारम्भ गर्नुहुँदै उहाँले जनताको स्वास्थ्य सेवा प्रदान गर्ने पवित्र उद्देश्य राखेर अस्पताल निर्माण गरेकोमा सराहना व्यक्त गर्नुभएको छ ।
संविधानले मार्ग निर्देश गरेको समाज उन्मुख अर्थतन्त्र निर्माण, संवृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सङ्कल्प हासिल गर्न राज्यको सबै अङ्ग तथा निकायहरू परिचालित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
समग्र राष्ट्र निर्माण एवम् मधेस प्रदेशलाई विकासको बाटोमा अग्रसर गराउन गुणस्तरीय शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
स्थानीय तहको कृषि उपजमा आधारित रहेर शैक्षिक केन्द्रहरूमा बालबालिकाहरूलाई पौष्टिक दिवा खाजाको प्रबन्ध मिलाउन पनि उहाँले आग्रह गर्नुभयो ।
विविधतायुक्त नेपाली समाजमा सामुदायिक सामञ्जस्यताका लागि स्वर्गीय गजेन्द्र नारायण सिंहको प्रयास अतुलनीय रहेको बताउनुहुँदै उहाँले चुरे संरक्षणको दिगो विकासका लागि आव्हान गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्