विद्यार्थीलाई प्रोत्साहन गर्न ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’

भोजपुर । विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई प्रोत्साहन गर्नका लागि भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’ सुरु गरेको छ ।
विद्यार्थीहरूलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले यो कार्यक्रम सुरु गरेको पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।
पालिका भरिका उत्कृष्ट अङ्क ल्याउने नौ जना विद्यार्थी छात्रवृत्ति समेत वितरण गरिएको छ । वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत एक लाख रुपैयाँ वितरण गरिएको हो ।
कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका चार वटा विद्यालयमा कक्षा ५, ८ र १० मा अध्ययनरत विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्