तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले आज देशको अर्थव्यवस्थाबारे आधिकारिक धारणा सार्वजनिक गर्ने

file photo

काठमाडौँ । नेकपा (एमाले)ले नेपालको पछिल्लो आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । 

एमालेले ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा दिउँसो साढे १२ बजे  पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन जना पूर्व अर्थमन्त्रीहरूको उपस्थितिमा पत्रकार सम्मेलन गरेर एमालेले मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्न लागेको हो ।  पत्रकार सम्मेलनमा एमालेबाट विगतमा अर्थमन्त्री बन्नुभएका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले धारणा राख्नुहुनेछ ।  कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. दिनेशचन्द्र देवकोटा र पुष्प कँडेलको पनि सहभागिता रहने रिजालले जानकारी दिनुभयो ।  

शनिबार वर्तमान सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै प्रमुख प्रतिपक्षी एमालेले अर्थमन्त्रीको कमजोरी लुकाउन गभर्नर निलम्बन गरिएको भन्दै असन्तुष्टि पोख्दै आइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button