तपाईँ सुन्दै हुनुहुन्छः

विदेशमा रोजगारी गुमाएर फर्किएका युवाहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन हुने

जनकपुरधाम । मधेस प्रदेशमा विभिन्न कारणले वैदेशिक रोजगार गुमाई नेपाल फर्किएका युवाहरूलाई स्वदेशमा नै रोजगारी गर्नका लागि सीप तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन हुने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मधेस तथा लुम्बिनी प्रदेशका गरी १ हजार ५ सय युवाहरूलाई सहभागी गराएर स्वदेशमा नै रोजगारी गर्न प्रोत्साहित गर्ने नीति लिएर क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत प्रशिक्षण दिन थालेको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा हुन लागेको सीप तथा क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी गराएपछि आफैँ रोजगारी गर्ने विश्वास मन्त्रालयका सह सचिव हरि लम्सालको छ । पत्रकारहरूसँग जनकपुरधाममा आज आयोजना गरिएको अन्तरक्रियामा सीप तथा क्षमता अभिवृद्धि कार्यक्रममा सहभागीहरूले अन्य बेरोजगार युवाहरूको सीप विकासमा मद्दत गर्ने विश्वास मन्त्रालयको छ ।

कोरोना महामारीका कारणले मात्र वैदेशिक रोजगारीमा भएका ४३ लाख श्रमिकमध्ये ५ लाख ७२ हजार ५ सय ७१ जना स्वदेश फर्केको हुनाले परियोजना मार्फत थोरैको क्षमता अभिवृद्धि हुने भए पनि अन्य युवाहरूलाई प्रोत्साहित गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button