तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बार एशोसिएशनमा घिमिरे नेतृत्वको प्यानल नै विजयी (मतपरिणामसहित)

काठमाडौँ  । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनबाट बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका गोपालकृष्ण घिमिरेको प्यानल नै विजयी भएको छ । 

बारको २५ सदस्यीय कार्यसमितिका लागि चैत १९ गते भएको निर्वाचनको सार्वजनिक मत परिणाम अनुसार बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको संयुक्त प्यानल नै विजयी भएको हो । 

अध्यक्षमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका घिमिरेले ४  हजार ४ सय ७४ मत ल्याई विजयी हुनुभयो भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले २ हजार ४ सय ८२ मत ल्याउनुभयो । 

त्यस्तै, महासचिवमा अञ्जिता खनालले ३ हजार ६ सय ८२ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका केदारप्रसाद कोइरालाले २ हजार ९सय ८९ मत ल्याउनुभयो । 

त्यसैगरी,  कोषाध्यक्षमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका भरतबहादुर राउत विजयी हुनुभएको छ। 

अन्य पदाधिकारी र सदस्यहरूमा पनि बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहकै उम्मेदवारहरूले जित हासिल गर्नुभएको छ  ।

नेपाल बार एशोसिएशनमा घिमिरे नेतृत्वको प्यानल नै विजयी (मतपरिणामसहित):

प्रतिक्रिया राख्नुहोस्

Back to top button