तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगद्वारा निर्वाचन अधिकृतहरूको सूची हेरफेर 

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन अधिकृतहरूको सूची हेरफेर गरेको छ । 

आयोगले यही चैत्र १३ गते सार्वजनिक गरेको सूचीबाट ७१ जनालाई हटाएर उनीहरूको स्थानमा नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको हो । 

आयोगले आज काठमाडौँमा गरेको नियमित पत्रकार सम्मेलनमा सह प्रवक्ता सूर्यप्रसाद अर्यालले विभिन्न कारणबाट निर्वाचनमा खटिन नसक्ने सूचना दिएका निर्वाचन अधिकृतहरूलाई हटाएर नयाँ नियुक्त गरेको जानकारी दिनुभयो ।

यसैगरी, आयोगले स्थानीय तह निर्वाचनमा खटिने अधिकृतहरू लाई यही चैत्र ३० गते र वैशाख २ गते तालिम दिने निर्णय गरेको र त्यसका लागि प्रशिक्षक प्रशिक्षण तालिम समेत सम्पन्न गरिसकेको छ । 

सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा निर्वाचन अधिकारीहरूलाई प्रदेश स्तरमा निर्वाचन सम्बन्धी तालिम सञ्चालन गर्ने तयारी रहेको आयोगका सह प्रवक्ता अर्यालले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button