रेडियो नेपाल संवाददाता कोइराला सम्मानित

भोजपुर । भोजपुरमा रहेर निरन्तर पत्रकारिता गर्दे आई रहेका रेडियो नेपालका भोजपुर संवाददाता निरोज कोइराला सम्मानित हुनु भएको छ ।
जिल्लाको समग्र उद्योगी, व्यवसायी उपभोक्ता बिचको सम्बन्ध, आन्तरिक पर्यटन प्रवर्धन र जिल्लाको विकासलाई सञ्चार माध्यम मार्फत उजागर गरेको भन्दै पत्रकार कोइरालालाई भोजपुर उद्योग वाणिज्य सङ्घले आफ्नो साधारण सभा तथा जिल्ला अधिवेशनका क्रममा बिहीबार सम्मान गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले पत्रकार कोइरालालाई सम्मान गर्नुभयो ।
पत्रकार कोइरालाले लामाे समयदेखि भोजपुरमा रहेर विभिन्न सञ्चार माध्यममा काम गर्दे आई रहनु भएको छ । सो क्रममा व्यवसायीहरू प्रजिता श्रेष्ठ, बद्री कुमार श्रेष्ठ, जानुका बानिया, बद्री श्रेष्ठ, शिव कुमार श्रेष्ठ, बमबहादुर श्रेष्ठ, सुरेन्द्र बल लगायतलाई समेत वाणिज्य सङ्घले सम्मान गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्