‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आफ्नो पहिलो प्राथमिकता’
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

राखेपको सदस्य सचिवको जिम्मेवारीमा फर्किएपछि बुधवार घिसिङले आफ्नो पहिलो प्राथमिकतामा राष्ट्रिय खेलकुद रहेको बताउनुभएको हो । यसै आर्थिक वर्षमा नवौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि चाँडै प्रदेश खेलकुदका सदस्य सचिवहरूसँग छलफल गर्ने पनि जानकारी गराउनुभयो ।
सदस्य सचिव घिसिङले वैशाखमा हुने स्थानीय तहको निर्वाचनले गर्दा जेठमा राष्ट्रिय खेलकुद आयोजना गर्न समय लाग्ने भएकाले सकिनेमा आशङ्का व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्