मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–१ स्थित गम्हरिया सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
तीव्र गतिमा रहेको भारतीय नम्बरको विआर २२ एके ५७०५ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिकाको पकडी टोल निवासी ४० वर्षीय हेमनारायण दासको उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलका चालक भारत विहारका सिताराम दास घाइते भएको र उनको एल.एस न्युरो अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्