तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा आजदेखि टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु

टीकापुर कैलाली । कैलालीमा आजदेखि टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु भएको छ । 

नेपाल सरकारले यही चैत २५ गतेदेखि देशभर खोप अभियान सुरु गर्ने निर्णय गरेको भए पनि कैलालीमा आजदेखि नै अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजदेखि धनगढी उपमहानगरपालिका, गोदावरी र लम्कीचुहा नगरपालिका तथा जोशीपुर, बर्दगोरिया र जानकी गाउँपालिकामा खोप अभियान सुरु गरिएको छ । बाँकी पालिकामा भने चैत २५ देखि अभियान सुरु गरिनेछ ।

अभियान अन्तर्गत कैलालीमा विद्यालयमा रहेका वा बाहिर रहेका गरी दुई लाख ४९ हजार ४८ बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने लक्ष्य रहेको प्रमुख धामीले बताउनुभयो । 

कैलालीमा विद्यालयमा दुई लाख आठ हजार ८२८ तथा विद्यालय बाहिर ४० हजार २२० बालबालिका रहेका तथ्याङ्क छ । 

नेपाल सरकारद्वारा १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप निःशुल्क रुपमा प्रदान गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button