तपाईँ सुन्दै हुनुहुन्छः

कङ्गोमा नेपाली शान्ति सैनिक घाइते

काठमाडौँ ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिक ‘अप्रेसन बाली’का क्रममा घाइते हुनुभएको छ ।

प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

घाइतेको हेलिकप्टरमार्फत उद्धार गरी, बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button