‘सुर्खेत विमानस्थल विस्तारको विकल्प रोकेका छैनौँ’
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको विकल्प नरोकेको प्रस्ट पार्नुभएको छ ।

कर्णाली प्रदेशसभाको आजको बैठकमा समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले विमानस्थल आसपासका बासिन्दा सहयोग गर्न तयार नभएपछि छलफल स्थगित मात्र गरिएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री शाहीले विमानस्थल विस्तारका हकमा आफू संवेदनशील भएको धारणा राख्नुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको अध्ययन प्रतिवेदनले अहिलेकै रनवेमा ठूलो सिट क्षमताका जहाज सञ्चालन गर्न सकिन्छ भन्ने निष्कर्ष सुनाएपछि स्थानीयवासी अधिग्रहणका लागि तयार नभएको उहाँको भनाइ छ ।
मुख्यमन्त्री शाहीले प्रदेश राजधानी सुर्खेत लगायत अधिकांश जिल्लामा पर्याप्त हवाई उडान नहुँदा कर्णाली बासीले दिनहुँ सास्ती भोग्नुपरेको बताउनुभयो । उहाँले हवाई सेवा विस्तार गर्न आफूले सङ्घीय सरकार, हवाई सेवा कम्पनीसँग परामर्श गरिरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्