प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त
विराटनगर । प्रदेश नंं १ मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गरेको छ ।
सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष जीनाजङ्ग कार्की, मोरङ र सदस्य सचिव हंशराज वाग्ले, ओखलढुङ्गालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले निजहरूलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रुपमा तोक्ने निर्णय गरेको प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिनुभएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्