तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको थाङाकुना खोलामा शव फेला

 सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका वडा नं. ४ स्थित थाङाकुना खोलामा एक व्यक्तिको  शव फेला परेको छ ।

 सोमबार साँझ थाङाकुना खोलामा सोही ठाउँ बस्ने वर्ष २५ को वीर बहादुर बि.क.को शव फेला परेको प्रहरीले जनाएको छ ।खोलामा सडेर गन्ध आईरहेको अवस्थामा मृतकको  लास फेला परेको जिल्ला प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी  दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

मृतक बि.क. विगत २०/२५ दिन अगाडिदेखि घरबाट निस्केर  हिँडेको र मानसिक अवस्था ठिक नभएको भन्ने बुझिन आएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button