तपाईँ सुन्दै हुनुहुन्छः

कृषि विकास बैङ्कद्वारा सामुदायिक विद्यालयलाई सिलाई मेशिन हस्तान्तरण

मकवानपुर । कृषि विकास बैङ्क लिमिटेड हेटौँडा शाखाले हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माविलाई सिलाई मेशिन हस्तान्तरण गरेको छ ।

बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत विद्यालयमा कक्षा ६ र ७ मा प्राविधिक शिक्षा अन्तर्गत सिलाई कटाई अध्ययनरत छात्राहरूका लागि मेशिन प्रदान गरेको हो ।

सोमबार बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्य तथा कृषि विकास बैङ्क लिमिटेड कान्ति राजपथ शाखाका प्रबन्धक नूरप्रसाद गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयलाई सिलाई मेशिन हस्तान्तरण गरिएको हो ।

विद्यालयले जीवन उपयोगी शिक्षा दिनुपर्छ भन्ने प्रस्तावलाई बैङ्कले समर्थन गरी मेशिन हस्तान्तरण गरेको कृषि विकास बैङ्क कान्ति राजपथ शाखाका वरिष्ठ अधिकृत श्रीकृष्ण पराजुलीले बताउनुभयो । भ्याटसहित १ लाख ३७ हजार रुपैयाँ लागतको १० वटा सिलाई मेशिन हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button