तपाईँ सुन्दै हुनुहुन्छः

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक

File Photo

काठमाडौँ । निर्वाचन आयोगमा आगामी वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा उच्चस्तरीय सुरक्षा समितिको बैठक भएको छ । 

आयोगका सुरक्षा हेर्ने आयुक्त ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा आज भएको बैठकमा निर्वाचन सुरक्षाका विविध पक्षमा आयोग र सुरक्षा निकायका प्रमुखबीच विस्तृत रूपमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।

बैठकमा स्थानीय तह निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजनाबारे आयोगलाई जानकारी दिइएको थियो । निर्वाचन सुरक्षा निर्देशिका, २०७८ मा व्यवस्था भएअनुरूप भएको बैठकमा गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिवसमेत सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button