तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई सुरु

काठमाडौँ । निर्वाचन आयोगले आउँदो स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई कार्य आजबाट सुरु भएको जनाएको छ ।

file photo

आयोगको नियमित पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले कूल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई कार्य जारी रहेको जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलले दुर्गम जिल्लाहरूको मतपत्र पहिलो प्राथमिकतामा छपाई हुने बताउनुभयो ।

मतपत्र काठमाडौँ जिल्लाको सबैभन्दा बढी ५६ लहरको हुने र डोल्पा जिल्लाको मतपत्र कम लहरको हुने प्रवक्ता पौडेलले बताउनुभयो ।

यस्तै, निर्वाचन व्यवस्थित र प्रभावकारी रूपले सम्पन्न गर्न निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका, मतदान तथा मतगणना निर्देशिका कार्यान्वयनमा आएको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button