खुम्बुबाट गर्भवती महिलाको उद्धार
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–३ बाट एक गर्भवती महिलाको उद्धार गरिएको छ ।
प्रसव व्यथाका कारण अवस्था जटिल बन्दै गएपछि स्थानीय मिङ्माफुटी शेर्पालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौँ लगिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पाका अनुसार महिलाको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयको सहयोगमा उद्धार गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्