तपाईँ सुन्दै हुनुहुन्छः

देशभर कोरोना सक्रिय संक्रमितको सङ्ख्या ८ सय ४२ 

काठमाडौँ । कोरोना सङ्क्रमणको दर घटेसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्यामा पनि कमी आएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ४२ रहेको छ । 

आज ३३ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ५ हजार ५९ नमुनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । 

आज ८९ जनाले सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्क छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button