पाँचथर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा घिमिरे निर्वाचित

पाँचथर । पाँचथर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा नवराज घिमिरे निर्वाचित हुनुभएको छ ।
फिदिममा सम्पन्न भएको १२ औँ अधिवेशन बाट सत्तारुढ गठबन्धनका नरेन्द्र अधिकारीलाई ७९ मतले पराजित गर्दै घिमिरे विजय हुनु भएको हो । १३ सय ५ खसेको मतमा घिमिरेले ६ सय ५२ र अधिकारीले ५७३ मत प्राप्त गर्नुभएको थियो ।
अधिकारी सत्ता गठबन्धनका नेपाली काँग्रेसका उम्मेदवार हुन । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा ( एकिकृत समाजवादी) को गठबन्धन थियो । निर्वाचित घिमिरे नेकपा (एमाले) का उम्मेदवार हुन् । एमाले र राप्रपाको गठबन्धन थियो ।
उपाध्यक्षमा वसन्त रिजाल, कुमारी मिश्र, मिलन गिरी र सोमकुमार थापा निर्वाचित भएका छन् भने महासचिव मा उमनाथ अधिकारी , सचिवमा विकास थापा र कोषाध्यक्षमा चन्द्र प्रसाद डाँगी निर्वाचित भएका छन् । पदाधिकारीमा सत्ता गठबन्धनका बहुमत उम्मेदवार विजय भएका छन् ।
स्थापनाकाल देखी पहिलो पल्ट काँग्रेसले पाँचथर उद्योग वाणिज्य सङ्घको नेतृत्व गुमाएको छ । काँग्रेसले नेतृत्व गुमाएपछि एमालेले इतिहास रच्न सफल भएको हो ।









प्रतिक्रिया राख्नुहोस्