कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। महेन्द्रनगर गड्डाचाेकि सडक अन्तरगत भिमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसको ठक्करले दिँदा मन्जु बुडालको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ना४ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी बुडाललाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ।
पीडितका आफन्तहरूले न्यायको माग गर्दै शव सहित सडक अवरुद्ध गरेपछि प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ । दुर्घटनापछि फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक चक्र शाहले बताउनुभयो । मन्जु ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सई देवसिंह बुडालकी पत्नी हुन्।







प्रतिक्रिया राख्नुहोस्